नियम
विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्र सम्बन्धमा
(१) विदेशमा दर्ता भएको सवारी ऐनको दफा ३० बमोजिम नेपाल ……… मा चलाउने अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कार्यालयमा अनुसूची–९ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम अनुमतिपत्र दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिन सक्नेछ ।